सुरुप्प ….

तातोपानी जस्तो उमेर छ। चिनी झैँ गुलियाँ सपना छन्। अलिकता टर्रो बर्तमान कफी झैँ छ। जम्मै घोलौ! आ- आफ्नै मगमा/मगजमा, चम्चा जस्ता रहर दुबैसङ्ग छन्। मुर्झाइ पो जान्छ कि। नपर्खौ। पिउँ, आ- आफ्नै मगबाट/मगजबाट कफी, कफी संगै जिन्दगी ……. सुरुप्प ! #Basantapur #himalayanjava

सानातिना कुरा…

रंग बदल्न छेपाराहरु आर्को मौसमसम्म पर्खिन्छन्। एक/दुई काचुली फेरेर सर्पहरु पुरै बर्ष बिताइदिन्छन्। चिर निद्रामै भ्यागुताहरु पुरै हिउँद कटाइदिन्छन्। तर,भैगो ! यस्ता सानातिना कुराहरू छोडौ। हामी, छेपारा होइनौं। सर्प होइनौं। भ्यागुता पनि त होइनौं। हामी त मान्छे हौं।   – सानातिना कुराहरु