ए हावा…

ए हावा ! कतै हिमालका खोँचहरु तिर लैजा। मैले कुनै प्रबाह गर्ने छैन्।तराईका फाँटहरुमा लैजा। या पहाडका भञ्ज्याङहरु तिर भए पनि लैजा। यहाँबाट कतै लैजा मलाई …. यहाँ स्वास फेरिरहेछु। नजलाईहालुन् भनेर चलमलाउने बाहाना खोज्दै। मात्रै स्वास फेरिरहेछु। जबजब दौडिन्छु। जिन्दगी पछि नै छुटे झैँ लाग्छ। रोकिन्छु। जिन्दगीसम्म नपुगे झैँ लाग्छ। क्रमशः भारी हुँदै गइरहेछु। … Continue reading ए हावा…

खै के थियो, भन्नुपर्ने

खै के थियो, भन्नुपर्ने -गुलजार खै के थियो, भन्नुपर्ने खै के थियो भन्नुपर्ने तिमीलाई भेटेर आज। तिमी भेट्टिएकी पनि थियौ तर, खै कुन्नी के भनेँ मैले। एउटा कुरा, जुन तिमीलाई भन्छु भन्ठानेथेँ तिमी भेटिदाँ त्यो पहिल्यै भनिसकेको हुँ जस्तो लाग्यो। खै के थियो, के थियो खै कुन्नि भन्नुथ्यो तिमीलाई भेटेर आज। केही यस्ता कुरा जुन … Continue reading खै के थियो, भन्नुपर्ने