हिडाई ..

मयले कोँख, काँख हुँदै बुई र त्यसपछि भुँईमा ल्याईपुर्यायो। बाध्यताबस् मैले हिड्नुपर्ने भयो।

सुरुसुरुमा हात,खुट्‌टा,छाति,पेट …लगायतले तैँले हिड्ने जस्तो महान काम गर्न लागिछस् सक्दो सहयोग गर्नेछौं भन्ने बाँचा गरे। बाचाँ मात्रै पनि होइन। सहयोग नै गरे। तर पृथ्वीले घामको चक्कर लगाउदा उनिहरुको दिमागलाई रिङ्गटा लागेछ क्यार !  निर्णय उल्टियो। नयाँ हिउँद आइपुग्दा पेट, छाति ..लगायतले सहयोग गर्न नसक्ने बताए। मनै खिन्न भो। उनिहरुले तिमी हामीहरु बिना पनि हिड्न सक्नेछौं। परेको बेला त हामी यहिँ छदैछौं नि भन्ने किसिमका तोर्पे कुराहरु पनि गरे। पत्याईन। त्यो बकम्फुसे कुरा पत्याउन लायक पनि त थिएन। त्यतिबेला।

पेट, छाति …लगायत भिन्न हुँदा अलिक बढि खिन्न भएछु, साहेद ! त्यसकिसिमको खिन्नता देखेर सहानुभुतिले खुट्टालाई खपिनसक्नु बनाएछ। एकदिन उसले भन्यो “ ओए ! मुला.. के पारा हो के तेरो ! छ्या कस्तो नामर्द होस्। खालि झोक्रायर मात्र बस्या छ। यसरि हुन्न। उठ्। हामी मर्या छौं। साले ! कि हाम्लाई कम आक्या होस् ? पुरै आबेगमा आयर खुट्टाले थर्कायो। हातहरुले पनि हो मा हो थपे। मेरो हिडाई एक्लो छैन भन्ने ठम्याई पछि म उठे। सुरुमा शरिरको भारले खुट्टाहरु धङधङ गरे। श्वास नै रोकेर खुट्टाहरुले न्वारान देखिको बल लगाए। त्यसबेला हातले पनि टेका दिए। म पुनः हिड्न थाले। पेट, छाति ..हरुले म हिडेको देखेर भने “ हामीले भनेकै त थियौं, तिमि एकदिन हिड्न सक्नेछौं भनेर” मैले तिमिहरुलाई सुरुमै पत्याउनुपर्ने र’छ है ! धन्याबाद। मैले भने। अचेल त म दगुर्न पनि सक्छु भनेर दगुरेर पनि देखाए। पेट रिसायर हो कि के हो ! चसक्क गर्यो। सोध्दा चै किन रिसाउनु र छैन भन्यो।

आगन, खलियान, करेसाबारि हुदै तगालोसम्म पुगे। यसपटक पृथ्विको चक्करले खुट्टालाई रिङ्गटा लागेको थिएन। त्यसमाथि हातको आड भरोसा पनि थियो। मैले तगालो खोले। त्यसपछि मेरो हिडाईको एउटा आर्को अध्याय सुरु भयो।

मेरो आयुको हिस्साको किस्सामा हिडाईको दबदबा रहोस्। जिन्दगिलाई मेरो आशिर्बाद छ !

क्रमशः …..

Leave a comment