Coffee ?

अँ ! 

तिमि नै क्या ! 

कफि ?

*

हाम्रो उमेर तातो पानी  जस्तो छैन त ?

*

अलिकता गुलिया सपना म सँग छन। तिमि सँग पनि त होलान नि होइन ?

अब टर्रो बर्तमानको के कुरा भो र !  त्यसलाई पिधौँ। धुलो बनाउँ।

र भनौँ- कफि पाउडर, हुन्छ ?

अब जम्मैलाई घोलिदिउँ।

आ-आफ्नै  मग/मगज मा

हामी सँग चम्मा जस्ता रहरहरु पनि छन नि त है!  घोल्नको लागि पक्कै सघाउन्छन।

*

बेर गरे मुर्झाइ पो जान्छ कि।

नपर्खौ क्यार अब-

पिउँ,

आ- आफ्नै मगबाट/मगजबाट

*

कफि ?

सुरुप्प !

Leave a comment