Sunset,Tea and Us

कहिँलेकाँहि-
हामी सँग सिङ्गै आकाश हुन्छ।

त्यो आकाशमा-
अक्टोबर महिनाका उदास दिनहरुमा पनि सुर्यास्त रोमाञ्चक हुन्छ,बहुतै ! 
सांझमा हामी हाम्रो दैनिकीबाट थोरै समय जुटाउ्छौ।
क्याफे-मन्दिर- चौतारि 
या सडक 
हामी जहाँ हुन्छौ
त्यहिँबाट हाम्रो दृष्टि सुन्तले पृष्ठभुमिमा डुब्दै गरेको घामले तान्छ।
त्यो मनोरम प्राकृतिक दृश्यमा 
हामी यसरि मोहित हुन पुग्छौ
कि हामीले बिर्सिन्छौ, 
हाम्रो हातले समातिराखेको सेरामिक्सको कप 
र त्यो कप भित्रको तातो चिया  ..

जब घाम डुब्छ।
सन्तले पृष्ठभुमि बिस्तारै कालो-अध्यारो हुँदै जान्छ।
झल्यास्स ! 
हामीलाई चियाँको याद आउन्छ।

यतिबेलासम्म, तातो चियाँ चिसो भइसकेको हुन्छ।
चियाँ चिसो हुन दिएकोमा, मन खल्लो हुन्छ
चिसो चियाँ पिउँदा जिब्रो खल्लो हुन्छ
तातो चियाँ पर्खिदा समय घर्किन्छ।

आशिमा ! 
कहिँलेकाँहि हामी सँग सिङ्गै आकाश हुन्छ
त्यो आकाशमा अक्टोबरका उदास दिनहरुमा पनि  सुर्यास्त रोमाञ्चक हुन्छ,बहुतै !

Leave a comment