तर पनि !

न त्यो रात पानी परेको थियो।

न त्यो रात कुनै पहाड भत्किएको थियो।

न राजमार्ग अबरुद्द भयो, न कसैको यात्रा रोकियो।

न कसैको घर- खेत पुरियो।

न खबर रेडियो,पत्रपत्रिका,टेलिभिजनमा आयो।

न कसैले सोसल मिडियामा स्टाटस लेख्यो।

न कसैले खुसि’वाला

न कसैले दुःखि’वाला

ईमोजि खोज्यो।

न कसैले केहि देख्यो

न कसैले केहि सुन्यो

न कसैले केहि लख काट्यो।

त्यहिँ रात पहिरो खस्यो

त्यहिँ रात बाढि आयो

म पुरिएँ

म बगेँ।

Leave a comment