‘तिमि/You’

के लेखु तिमिलाई मैले ?
मेरा शब्द तिमि, मेरो संझना तिमि,

के भनूँ तिम्लाई ?
मेरो कल्पना तिमि, मेरो सपना तिमि,

के देखाउँ तिमिलाई ! 
मेरो बर्तमान तिमि, मेरो भबिश्य तिमि !

मेरा अक्षरहरु तिमि, मेरा शब्दहरु तिमि 
मेरो कापि, मेरो कलम पनि तिमि !

के बोलुँ तिमि सँग ?
आवाज तिम्रै हो
आभाष पनि तिम्रै हो।


कहाँ लैजाउँ, कहाँ घुमाउँ ?
बाटो तिमि, गन्तब्य पनि तिमि।

आपत तिमि, बिपद तिमि,
राहत-उद्दार पनि तिमि ! 

वर पनि तिमि
पर पनि तिमि ...
आफ्नो पनि तिमि
पराई पनि तिमि ....
तिमि पनि तिमि ! 

तिमि बाहेक पनि तिमि !

Leave a comment