डेरा सर्नेहरु

चाहाना या रहरले मात्रै लैजान नसक्ने रहेछन।

जम्मै, लत्ताकपडा

चिजबिज

सम्बन्ध

आत्मियता ..

(डेरा सर्नेहरुले)

..

त्यतै कतै-

उदास-उजाड दिनका मायालु सांझहरु छुटे।

उसकै आगनमा टुप्लुक्क पुग्ने, उसलाई बाहिर बोलाउने बाहाना छुट्यो।

उसले थमाइदिएका गुलाबका फूलहरु पनि त छुटे।

दिक्कदारि पनि छुटे।

गुम्सिएका, सडेगलेका संझनाहरु छुटे।

काला- अध्यारा बादलहरु त्यतै कतै होलान। अनाथ पो हुने हुन कि !

त्यो ह्यान्डेल भाँचिएको सेरामिक्सको कप, साहेद ! मैले धेरै लामो समयसम्म संझिन छाड्ने छैन।

***

यी यावत कुराहरु-

मैले सबैलाई कसै गरेर पनि झोलामा अटाउनै सकिनँ।

One thought on “डेरा सर्नेहरु

Leave a comment