उसको शब अनि घिरौला र आलुको तरकारी

घडिले बिहानको ठ्याक्कै साढेँ नौ बजाएको छ।म किचनमा खाना खादै छु। आधा जति सकिसकेँ।

तल झ्याल सामुन्नेको सडमा गुड्दै आएर गौतम बुद्द मुटु अस्पतालको शब बाहन पल्लो घरको अगाडि रोकिएको छ। हेर्दा हेर्दै चार पाँच जना मान्छे जम्मा भएका छन। पहेँलो कुर्ता लगाएकि एउटि अधबैशे आइमाई आँखा मिच्दै बाहिर निस्केकि छन। बाहनको पछाडिको ढोकाबाट दुई जनाले कपडाले बेरिएको शब ओराल्दै छन। 

‘त्यो घरकि बुढि आमा बिरामी थिईन’

‘हिजो हो कहिले अटोमा राखेर अस्पताल लगेका थिए’

‘घरबेटि त होइनन, भाडामा बस्ने होलान, साहेद !’

‘जिवन कतिबेला सकिन्छ, पत्तै नहुने’

होस्टेलको वार्डेन दाई यस्तै, यस्तै बोल्दैछन।

यतिबेला सम्म मेरो थालमा तरकारी पनि सकिएको छ। पन्युँमा आलु र घिरौलाको तरकारी ल्याएर थपिदिएँ।

म सोँचिबसेँ। एकछिन ! 

(खान खादै गर्दा, ब्रस गर्दै गर्दा, नुहाइरहदा )

जिवन पनि तरकारि जस्तै थप्न मिल्दैन ? कि जिवन तरकारि जस्तो सकिँदैन ?

त्यसपछि अफिसको लागि हतार भयो। दिनभर काममा ब्यस्त भइएछ। सोँच्न भ्याइएन।

सांझ बल्ल लेखेर ब्लग लेख्दैछु।

Leave a comment