अहिले, यो पलमा तिमि जहाँ छौ।त्यहिँ हुन हुनथ्यो।
अहिले यो पलमा जुन बायुमण्डलमा तिमि श्वाश फेर्दै छौ।
त्यसै बायुको श्वाश लिन हुनथ्यो।
तिमि अहिले जे खाजा-खाना खाँदै छौ, या खाने बारेमा सोँच्दै छौ।
त्यहिँ खाँजा-खाना या चियाँ,
टेवल- गुन्द्रि-चकटि को आर्को छेउँमा बसेर तिमिलाई हेर्दै
खान्न, ल ! पुगिसक्यो ! भैगो, भैगो ! पर्दैन भन्दा भन्दै जिद्दि गरेर तिमिले थपिदिएको खान हुनथ्यो।
खाईरहदा, संम्झि संम्झि तिमिले सुनाएका किस्सा सुन्न हुनथ्यो।
– त्यो कानमा लगाएको इयर रिङ कहाँ किन्यौ, त्यसमा किन त्यो बैजनि पथ्थर राखिएको छ।
– तिमिले यसपल्ट पनि किन निलो ज्याकेट किन्यौ
..
गत पूर्णिमाको रात झ्यालबाट सामुन्नेमा आए जस्तो चन्द्रमा देखियो होला। त्यसैलाई हेर्दा हेर्दै अबेर सम्म किन ननिदाएको ? निदाउनु पुर्व दिमागमा छुस्स-छुस्स के कुराको ख्याल आयो कुन्नि ? त्यो रात तिमिले कुन गित पो सुन्यौ ! त्यहिँ तिम्रो छेउँमा हुनहुनथ्यो।तिमि बोलिरहदा तिम्रा हत्केला छुन हुनथ्यो।
हिउँद छिप्पिदै छ,चिसो रातमा ओड्ने गरेको सिरक पातलो पातलो लाग्छ होला। त्यस्तै हुन्छ, मलाई पनि! पातला तिनै सिरक मिलेर-जोडेर ओड्न हुनथ्यो। यो डिसेम्बरका चिसा रातहरुमा तिमि सँग न्यानो हुनहुनथ्यो।
बिहान हुँस्सु लागेर अध्यारो हुँदा को उठ्थ्यो र , सबेर-सबेर !
ढिला सम्म सुत्न हुनथ्यो।
फकाई फकाई तिमिलाई चियाँ बनाउन लगाउन हुनथ्यो।
हिउँदमा त बाक्लो दुधमा अदुवा प्लस मरिच राख्दा बेस हुन्छ। चिनि चै कम राख्नु नि !
मैले चिनि किन कम रुचाउन थाले सुनाउन हुनथ्यो।
तर, म त्यहाँ छैन।
तिमि यहाँ छैनौ।
यहाँ र त्यहाँको बिचमा दुरी छ, मजबुरी छ।
तिमिले त्यतै !
एक्लै ! एक्लै !